सुन्दरबजारमा हुने जनसभामा तनहुँबाट ५ हजार कार्यकर्ता सहभागी हुने एमालेको दाबी

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १९

नेकपा एमालेले लमजुङको सुन्दरबजारमा गर्ने जनसभामा तनहुँबाट पाँच हजार जना कार्यकर्ता र सुभेच्छुकहरुको सहभागिता हुने दाबी गरेको छ । मंगलबार दमौलीमा पत्रकार सम्मेलन गर्दै एमालेले जनसभामा तनहुँको उपस्थिती राम्रो हुने र पाँच हजार कार्यकर्ता सहभागी हुने जानकारी दिएको छ ।

एमालेले गत मंसिर १४ गतेदेखी देखी सुरु गरेको मध्यपाहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग)मा पर्ने बैतडीको झुलाघाटदेखी पाँचथरको चिवाभन्ज्याङ सम्मको संकल्प यात्रा अन्तर्गत सो लोकमार्गमा पर्ने लमजुङको सुन्दरबजारमा आगामी मंसिर २२ गते जनसभामा हुने भएको छ । उक्त जनसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

सो जनसभामा धेरै भन्दा धेरै जनसहभागिता गराउने र त्यसकोलागि १० वटै स्थानीय तह कमिटिहरु परिचालन गर्ने निर्णय भएको एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेलले बताए । जनसभामा उपस्थित गराउन पालिका तोकेरै जनसहभागिताको संख्या निर्धारण गरिएको कडेलले बताए ।

निर्धारित जनसहभागिता जुटाउन केन्द्रीय सदस्यदेखी प्रदेश कमिटि, जिल्ला कमिटि र पालिका कमिटिका सदस्यहरुलाई जिम्मेबारी तोकिएको एमाले तनहुँका उपसचिव एवं प्रचार विभागका प्रमुख प्रदिपराज अधिकारीले बताए ।

पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजना गरिएकाले एमालेले यो यात्रालाई ‘हिरक जयन्ती’ को कार्यक्रम समेत मानेको छ । पहाडको विकास नभएसम्म सिंगो देशको विकास हुन नसक्ने भएको कारण समेत यात्राले महत्व राख्ने उपसचिव अधिकारीले बताए ।

एमाले तनहुँका प्रचार विभागका प्रमुख प्रदिपराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो पत्रकार सम्मेलनको सन्चालन प्रचार विभागका सचिव प्रकाशचन्द्र भट्टराईले र स्वागत प्रचार विभागका सदस्य प्रेमप्रसाद पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा