बन्दिपुरको बागथलमा पशु स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज ९

बन्दिपुरमा निशुल्क पशु स्वास्थ्य शिविर हुने भएको छ । बन्दिपुर गाउँपालिका पुशपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा यही असोज ११ गते शुक्रबार वडा नम्बर ६ को बागथलमा पशु स्वास्थ्य शिविर हुने भएको हो ।

बन्दिपुर गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार उक्त शिविर आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताए ।

उक्त शिविरमा पशु स्वास्थ्य परिक्षण, उपचार र परामर्श सेवा प्रदान गरिनेछ । जसमा विरामी पशुपन्छीहरुको स्वास्थ्य परिक्षण तथा उपचार, पशुको गर्भ परिक्षण, बोका तथा बहरको बन्ध्याकरण, पशु बस्तुको गोवर परिक्षण, पशुपन्छीजन्य औषधी वितरण, घरपालुवा कुकुर र बिरालोलाई रेविज विरुद्धको खोप कार्यक्रम, पशुपन्छी पालन व्यवस्था सम्बन्धि परामर्श र बार्षिक कार्यक्रमबारे जानकारी दिइनेछ ।

उक्त शिविरमा आफ्ना घरपालुवा पशुपन्छीहरुलाई ल्याई निशुल्क सेवा उपभोग गर्न बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले विशेषगरि वडा नम्बर ६ बासीहरुलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण