तनहुँ । जेठ ३
नेकपा एमाले जिल्ला कमिटि तनहुँको आयोजनामा पार्टी र जनप्रतिनिधि विचको अभिमुखीकरण प्रशिक्षण कार्यक्रम शनिबार दमौलीमा सम्पन्न भयो । शुक्रबार आयोजित उक्त कार्यक्रमको नेकपा एमालेका स्थायी समिति सदस्य एवं गन्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका थिए ।



उक्त अवसरमा बोल्दै स्थायी समिति सदस्य अधिकारीले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधि विच निरन्तर समन्वय र सहकार्य हुनुपर्ने बताए । उनले जनप्रतिनिधिहरुले पार्टीको निर्देशन पालना गरि जनमुखी काम गर्नुपर्ने बताए ।

एमाले तनहुँका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा एमालेका स्थायी समिति सदस्य एवं संगठन विभागका प्रमुख काशिनाथ अधिकारी, पोलीट्व्युरो सदस्य एवं पार्टी स्कुल विभाग गन्डकीका संयोजक टुकराज सिग्देल, केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देल, स्थानिय निकाय विभागका सचिव नवराज गेलाल, स्कुल विभागका सदस्य प्रा.डा.तत्व तिमिल्सना, केन्द्रीय सल्लाहाकार एकबहादुर राना लगायतले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले आ आफ्नो पालिकामा भएका कामको बारेमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटिका पदाधिकारी, सचिवालय सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य एवं स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदबारहरु सहभागी थिए । सो कार्यक्रमको सन्चालन जिल्ला सचिव प्रदिपराज अधिकारीले र स्वागत उपाध्यक्ष राजेश्वर ढकालले गरेका थिए ।












