भिमादका विपन्न दलित समुदायलाई बाख्रा वितरण

Devghat Online

शेयर गरौ

अन्जान परियार । तनहुँ, असार ११

भिमाद नगरपालिकाले वडा नम्बर १ का विपन्न दलित समुदायका व्यक्तिहरुलाई बाख्रा वितरण गरेको छ । बुधबार काउले स्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा नम्बर १ का दलित समुदायका १४ घरधुरीलाई बाख्रा वितरण गरिएको हो । सो अवसरमा संविधानसभा सदस्य टुकराज सिग्देल र वडा अध्यक्ष दीपक आलेले संयुक्त रूपमा दलित समुदायलाई बाख्रा वितरण गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै संविधानसभा सदस्य टुकराज सिग्देलले दलित समुदायको समृद्धिका लागि यस्तो प्रकारको सहयोग प्रभावकारी हुने विश्वास व्यक्त गरे । सहभागी लाभग्राहीहरूले यो सहयोगले आफूहरूलाई आत्मनिर्भर बन्न प्रेरणा मिल्ने बताएका छन् ।

वडा अध्यक्ष दिपक आलेले गत वर्ष २४ वटा माउ बाख्रा वितरण गरिएकोमा यस वर्ष १४ वटा बाख्रा वितरण गरिएको जानकारी दिए । उनका अनुसार वर्गीय उत्थान र आर्थिक सशक्तिकरणका लागि यो अभियान निरन्तर रूपमा अघि बढाइएको हो । दलित समुदायलाई आत्मनिर्भर बनाउन नेतृत्व विकास, सीपमूलक तालिम र आयआर्जनमा जोड दिँदै उन्नत जातका माउ बाख्रा वितरण गरिएको अध्यक्ष आलेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको