अपाङ्गता भएका बालबालिकालाई विद्यालय पोसाक हस्तान्तरण

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ३

व्यास नपा–५ स्थित सिन्धु आधारभूत विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई व्यास लेखाजोखा संयोजकले विद्यालय पोसाक हस्तान्तरण गरेका छन् । विद्यालयमा आयोजित एक कार्यक्रमका बिच लेखाजोखा संयोजक ईश्वर बास्तोलाले विद्यार्थीहरुलाई पोसाक वितरण गरेका हुन् । उक्त अवसरमा संयोजक बास्तोलाले समाज र परिवारमा अपाङ्गता भएका बालबालिकाप्रति हेर्ने दृष्टिकोण दिनानुदिन सुधारोन्मुख रहेको बताए ।

२०५१ सालमा स्थापना भएको सिन्धु आधारभूत विद्यालयमा २०५७ देखि बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि विशेष आवासीय कक्षा सञ्चालन हुँदै आएको छ । विद्यालयका प्रधानाध्यापक मदन वाग्लेले छात्रवृत्ति तथा अन्य उपलब्ध स्रोतलाई सदुपयोग गरेर विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री र पोसाकको कमी हुन नदिएको बताए । उनका अनुसार विशेष कक्षालाई अझ प्रभावकारी बनाउन विद्यालयले निरन्तर सिर्जनशील गतिविधिहरु अघि बढाइरहेको छ ।

कार्यक्रममा स्रोत शिक्षक सीता देवी कुवरले यस्ता सहयोगले विद्यार्थीहरुमा थप उत्साह थप्ने बताइन् । स्रोत कक्षामा कार्यरत स्रोत शिक्षक सीता देवि कुवर स्वयं अपाङ्गता भएकी ब्याक्ती हुन् । उनी बि. स. २०५७ सालदेखि हालसम्म स्रोत शिक्षक रुपमा बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाइ निरन्तर शिक्षा प्रदान गरि अभिभावकत्व प्रदान गर्दै आएकी छिन् । उनी तनहुँ जिल्लाकै पहिलो अपाङ्गता क्षेत्रको स्रोत शिक्षक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय