राष्ट्रपती रनिङसिल्डमा पदक पाउने खेलाडी र प्रशिक्षकलाई घिरिङको सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २३

घिरिङ गाउँपालिकाले राष्ट्रपती रनिङसिल्ड विद्यालय स्तरीय खेलकुँद प्रतियोगितामा पदक पाउने खेलाडी विद्यार्थी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरेको हो ।

गत मंसिर १८ र १९ गते भिमाद रङगशालामा आयोजित राष्ट्रपती रनिङसिल्ड प्रतियोगितामा घिरिङ गाउँपालिका तेश्रो भएको थियो ।

गाउँपालिकाले विभिन्न पदक बिजेता २९ जना विद्यार्थीलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा नम्बर ३ का अध्यक्ष तहलसिंह थापा, गाउँपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख कृष्णप्रसाद सुवेदी लगायतले पदक बिजेता विद्यार्थी तथा प्रशिक्षकलाई सम्मान गरेका थिए ।

गाउँपालिकाले स्वर्ण पदक बिजेता खेलाडीलाई नगद २ हजार, रजत पदक बिजेतालाई १५ सय र कास्यपदक बिजेता खेलाडीलाई १ हजार रुपैयाँको साथमा प्रमाणपत्र सहित सम्मान गरेको हो । उक्त अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले विद्यार्थीहरुको क्षमता तथा प्रतिभा प्रस्फुटनकोलागि गाउँपालिका सदैब लागि रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक