संविधानले जनयुद्ध चिन्दैनः सांसद न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ ३१

नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताएकी छन् । सोमवार राष्ट्रिय सभामा बोल्द उनले संविधानले जनयुद्ध नचिन्ने बताएकी हुन् । उनले अहिले धेरै पटकसम्म यो जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको बताइन् ।

उनले संविधानले सशस्त्र द्वन्द्वलाई चिन्ने भएकाले संविधानले चिनेको शब्द भन्नुपर्ने बताइन् । उनले पार्टीका कार्यक्रममा, दस्ताबेजमा लेख्नेकुरा छुट्टै भएको भन्दै संविधानले चिनेको कुरालाई संसदमा बोल्दा उचित हुने धारणा राखिन् ।

‘अहिले धेरै पटकसम्म यो जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको पायौँ । हामीले संविधानले के चिन्छ, त्यही कुरा बोल्ने र गर्ने हो । संविधानले जनयुद्ध भनेर चिन्दैन । संविधानले चिनेको भनेको सशस्त्र द्वन्द्व हो । सशस्त्र द्वन्द्व नै भनेर हामीले बुझौँ’, उनले भनिन्, ‘पार्टीका कार्यक्रममा, दस्ताबेजमा के लेख्छौँ, त्यो अलग कुरा हो । तर हामीले चिनेको संविधान हो । संविधानमा सशस्त्र युद्ध भनिएको छ । त्यसैले हामीले संविधानले चिनेको शब्द नै प्रयोग गरौँ । त्यसमा धेरै रस्साकस्सी गर्नुपर्ने जरुरी छ जस्तो लाग्दैन ।’

सांसद न्यौपानले चाडवाड लक्षित अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।