संविधानले जनयुद्ध चिन्दैनः सांसद न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ ३१

नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताएकी छन् । सोमवार राष्ट्रिय सभामा बोल्द उनले संविधानले जनयुद्ध नचिन्ने बताएकी हुन् । उनले अहिले धेरै पटकसम्म यो जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको बताइन् ।

उनले संविधानले सशस्त्र द्वन्द्वलाई चिन्ने भएकाले संविधानले चिनेको शब्द भन्नुपर्ने बताइन् । उनले पार्टीका कार्यक्रममा, दस्ताबेजमा लेख्नेकुरा छुट्टै भएको भन्दै संविधानले चिनेको कुरालाई संसदमा बोल्दा उचित हुने धारणा राखिन् ।

‘अहिले धेरै पटकसम्म यो जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको पायौँ । हामीले संविधानले के चिन्छ, त्यही कुरा बोल्ने र गर्ने हो । संविधानले जनयुद्ध भनेर चिन्दैन । संविधानले चिनेको भनेको सशस्त्र द्वन्द्व हो । सशस्त्र द्वन्द्व नै भनेर हामीले बुझौँ’, उनले भनिन्, ‘पार्टीका कार्यक्रममा, दस्ताबेजमा के लेख्छौँ, त्यो अलग कुरा हो । तर हामीले चिनेको संविधान हो । संविधानमा सशस्त्र युद्ध भनिएको छ । त्यसैले हामीले संविधानले चिनेको शब्द नै प्रयोग गरौँ । त्यसमा धेरै रस्साकस्सी गर्नुपर्ने जरुरी छ जस्तो लाग्दैन ।’

सांसद न्यौपानले चाडवाड लक्षित अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि