पुर्व मेयर थापाको निधनमा आज भिमादमा शोक बिदा

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ९

भिमाद नगरपालिकाका संस्थापक मेयर मेखबहादुर थापाको निधनमा आज भिमाद नगरपालिकाले शोक बिदा दिएको छ । थापाको उपचारको क्रममा काठमाडौं स्थित किष्ट अस्पतालमा आईतवार निधन भएको थियो ।

संस्थापक मेयर थापाको निधन प्रति गहिरो दुख व्यक्त गर्दै भिमाद नगरपालिकाले आज अत्यावश्यक सेवा बाहेक अन्य सम्पुर्ण सेवामा बिदा दिने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

थापाको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीको लागि सोमबार बिहान ११ बजे भिमाद नगरपालिकाको प्राङ्गणमा राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक