बन्दीपुर केबलकारले पायो आइपीओ जारी गर्न अनुमति

Devghat Online

शेयर गरौ

तनहुँ । असार १९

बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) स्वीकृत पाएको छ । कम्पनीले धितोपत्र बोर्डबाट आजै आइपिओ निष्कासनको स्वीकृति प्राप्त गरेको हो ।

कम्पनीले कुल २ करोड ८३ लाख कित्ता शेयरमध्ये ५८ लाख ६० हजार कित्ता शेयर सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न स्वीकृति पाएको हो । कम्पनीको जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने यसमध्ये २०.७६७% हिस्सा सार्वजनिक निष्कासन हुनेछ ।

 

आइपिओ निष्कासनपछि कम्पनीको शेयर स्वामित्वमा सर्वसाधारणको २०.७६७ प्रतिशत र प्रवद्र्धक समूहको ७९.२९ प्रतिशत स्वामित्व रहनेछ । नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ लिमिटेड यस आईपीओको इश्यू म्यानेजरको रूपमा रहेको छ ।

आइपिओ स्वीकृत भएको जानकारी सार्वजनिक गर्दै कम्पनीले बन्दिपुर क्षेत्रको पर्यटन तथा केबलकार व्यवसायलाई अझ विस्तार गर्ने उद्देश्य रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा