लोपोन्मुख ‘ठाडोभाका’ जोगाउन प्रशिक्षण सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १७

गण्डकी प्रदेशको अमूल्य र मौलिक सांस्कृतिक पहिचान मानिने ‘ठाडोभाका’ लोकगीतलाई लोप हुनबाट बचाउन तनहुँको व्यास नगरपालिकाले निकै सह्रानीय सक्रियता देखाएको छ । आधुनिकताको लहरमा ओझेल पर्दै गएको यो ऐतिहासिक भाकालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ नगरपालिकाले विशेष पहल सुरु गरेको हो ।

नगरपालिकाद्वारा स्थापित व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘लोक संस्कृतिको उत्थान एवं संरक्षण– हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि दमौलीमा तीन दिने प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख एवं प्रज्ञा प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपानेले मौलिक कला र संस्कृति नगरको अमूल्य सम्पत्ति भएको बताए । ‘हाम्रो पहिचान झल्काउने ठाडोभाकाजस्ता संस्कृतिहरू ओझेलमा पर्नु चिन्ताको विषय हो’ उनले भने ‘यसको जगेर्ना र नयाँ पुस्तामा सीप हस्तान्तरण गर्नु नगरपालिकाको मुख्य दायित्व ठानेर हामीले यो विशेष पहल सुरु गरेका हौँ ।’ नगर प्रमुख न्यौपानेले आगामी दिनमा पनि यस्ता प्रवद्र्धनात्मक कार्यक्रमलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाले भाषा, कला र संस्कृतिको संवद्र्धनलाई प्राथमिकतामा राखेर वार्षिक बजेट नै तय गरेको उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् । स्थानीय संस्कृतिको संरक्षणले नगरको पर्यटन र पहिचानमा दीर्घकालीन टेवा पुग्ने उपप्रमुख दरैले बताइन् । प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ साहित्यकार काशीनाथ न्यौपानेले ठाडोभाकालाई समाजको जीवन्त इतिहासको रूपमा व्याख्या गरे ।

पुस १९ गतेसम्म चल्ने उक्त प्रशिक्षणमा प्रख्यात गायक बुद्धिमान दुरा (धम्पु) सँगै सिता दुरा, अक्कल बिरही गुरुङ र अनिता गुरुङले प्रशिक्षण दिनेछन् । स्व.भेडिखर्के साइँलाले जोगाएको यो विरासतलाई बचाउन नगरपालिकाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र दुरा सेवा समाजसँग सहकार्य गरेर उक्त प्रशिक्षण दिईएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको