मुग्लिन नजिकै कालिखोलामा पहिरो खस्यो मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

Devghat Online

शेयर गरौ

चितवन, असार २३

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा पहिरो खसेको छ । हामीलाई प्राप्त खबर अनुसार पहिरो भर्खरै करिब सवा ४ बजेतिर खसेको हो ।

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा दुईतर्फी अवरुद्ध भएको सडक सुपरभाईजर इश्वर क्षेत्रीले जानकारी दिएको छ । उनका अनुसार अहिले २ वटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य भैरहेको भएपनि पहिरो ठुलो भएको र झर्ने क्रम नरोकिएकोले पहिरो हटाई राजमार्ग सूचारु गराउन ५–६ घण्टासम्म लाग्ने अनुमान गरिएको छ ।

पहिरोले स्थानीयको २ वटा घरमा समेत क्षति पुर्‍याएको खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक