एमालेका कार्यक्रममा अब यी नेताका मात्र रहनेछन् तस्बिर

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन ३२

नेकपा एमालेले अबदेखि पार्टी कमिटी र जन वर्गीय संगठनहरुका कार्यक्रममा तीन प्राधिकारबाहेक अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो राख्न निर्देशन दिएको छ ।

विभिन्न जनसंगठन र जिल्लाका कार्यक्रममा जो नेता गयो उसकै फोटो राखेर ब्यानरहरू बनाउन थालिएपछि त्यसलाई नियमन गर्न तीन प्राधिकार पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीपछि अध्यक्ष ओलीको बाहेक अरूको फोटो नराख्न भनेको हो ।

एमाले उपमहासचिव विष्णु रिमालले जसले पनि फोटो राखेर कार्यक्रमहरू गर्ने कुराले समस्या ल्याउन सक्ने भएपछि यस्तो निर्देशन गरिएको बताए । उनले अध्यक्षको मात्र फोटो प्रयोग गर्ने भनिएकोमा गलत अर्थ लगाइएको भन्दै तीन स्वर्गीय नेताको फोटो भने नछुटाइने बताए ।

रिमालले भने– पहिलो जन निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री र सुशासनको मानकको हिसाबले कमरेड मनमोहन अधिकारी, मार्क्सवादको सिर्जनात्मक प्रयोगको सिद्धान्तकारका हिसाबले कमरेड मदन भण्डारी र नौलो जनवादको शुरुआत गर्ने नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिवका हिसाबले कमरेड पुष्पलाल त हाम्रो पार्टीका प्राधिकार नै भइहाल्नुभयो । त्यसबाहेक जीवित नेतामा अध्यक्षबाहेक अरूको फोटो ब्यानरहरूमा नराख्ने भनिएको हो ।

एमालेले कार्ल मार्क्स र लेनिनको फोटो भने सातौँ महाधिवेशनदेखि नै औपचारिक कार्यक्रमहरूमा राख्न छाडेको थियो । माओ त्से तुङ र स्टालिनको भने पन्चायतकालमै एमालेले फोटो राख्ने छाडेको हो ।

एमालेले औपचारिक कार्यक्रमहरूमा खादा मालालगायत भड्किलो कार्यक्रमहरू नगर्ने र मञ्चमा अतिथिहरू आसन ग्रहणलाई छरितो बनाउने निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।