ब्यास युवा क्लवद्वारा १५ सय बढी भक्तजनलाई निशुल्क चिया वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १५

व्यास नपा ४ स्थित ब्यास युवा क्लवले शिवरात्रीको अवसरमा १५ सय भन्दा बढि भक्तजनलाई निशुल्क चिया वितरण गरेको छ । ४ वेद १८ पुराणका रचायिता भगवान बेद ब्यासको जन्म स्थल, पराशर ऋषिको तपो भुमि, आदिकवि भानुभक्तको जन्मघर तनहुँ जिल्लाको सदरमुकाम दमौली ब्यास ३ स्थित शिव पान्चायन मन्दिर परिसरमा शिव रात्रीको अवसरमा व्यास युवा क्ल्वका अध्यक्ष खेम गुरुङको संयोजकत्वमा निशुल्क चिया वितरण कार्यक्रम गरिएको हो ।

उक्त चिया वितरण कार्यक्रममा युवा समाजसेवी ब्यास युवा क्लवका सल्लाहकार सदस्य बासु साप्कोटा, युवा समाजसेवी सुदिप गुरुङ, क्लवका सचिव सुजन आले, युवा समाजसेवी सोम गुरुङ, कुमार गुरुङ, नारायण सापकोटा, सफिक मिया, नारायण गुरुङ, संगम थापा लगाएत क्लव दर्जनौं पदाधिकारीहरुले मन्दिर परिसर सरसफाइ गरि श्रद्धालु भक्तजनहरुलाई अहोरात्र खटेर चिया वितरण गराएका थिए।

उक्त चियापान कार्यक्रमा समाजसेवीहरुमा क्रमशः सुन्दरबहादुर गुरुङ,ढकल गुरुङ, मंगल प्रसाद श्रेष्ठ,अन्जनराज न्यौपाने, कुमार मल्ल, बलबहादुर शाही, महेश मल्ल लगाएत दर्जनौं विभिन्न तह र तप्काका उधोगी, ब्यवसायी,कर्मचारी, सामाजिक तथा धार्मिक अभियान्ताहरुले युवा समाजसेवी क्लवका नव निर्वाचित अध्यक्ष खेम गुरुङले विभिन्न समयमा समाजमा विविध क्षेत्रमा पुराएको योगदान अविस्मरणीय र रचनात्मक भएको भन्दै अनुकरणीय कार्यको प्रशंसा गरेका थिए।

चियापान कार्यक्रम भक्त्तजनकालागि अत्यन्तै समयसान्दर्भिक,उदाहरणीय र सिर्जनात्मक भएको शिवरात्री महामेलाका उपस्थितहरुले बताएका छन्। कार्यक्रमलाई सब्य एब्म भब्य रुपमा सफल पर्न विविध साँस्कृतिक कार्यक्रम, शिव गान भजन तथा दिप प्रज्वलन गरिएको थियोे । व्यास युवा समाजले वडा नगर सरसफाइ, रक्तदान कार्यक्रम, स्वास्थ्य सिविर, नेतृत्व तथा सीप मुलक सम्बन्धि तालिम, सचेतना सम्वन्धी कार्यक्रम,जनचेतनामूलक सडक नाटक लगाएत उपकारी परोपकारी सामाजिक गतिविधिहरु निकट भविष्यमा गरिने क्लवका अध्यक्ष खेम गुरुङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भर्ना अभियानलाई आकर्षक बनाउन आदिकवि भानुभक्त क्याम्पसमा भिडियो निर्माण प्रतियोगिता हुने

तनहुँ । साउन १३ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)

ढोरफिर्दीमा रासायनिक मलको हाहाकारः ५ किलोका दरले बाँड्दा पनि पुगेन

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित साना किसान कृषि सहकारी संस्थामा रासायनिक मलको चरम

शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्नेबारेमा सरोकारवालासँग छलफल

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्रै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको