म्याग्देमा ‘दोश्रो म्याग्दे अध्यक्ष कप–२०८१’ प्रदेश स्तरीय फुटवल प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १६

तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा शुक्रबारबाट ‘दोश्रो म्याग्दे अध्यक्ष कप–२०८१’ प्रदेश स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ । ‘म्याग्देको पर्यटन विकासका लागि खेलकुँद’ भन्ने मुल नाराका साथ वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा आयोजना गरिने गन्डकी प्रदेशको पालिका स्तरीय उक्त फुटवल प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले नेपालको लोकप्रिय खेल फुटवलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भुमीको रुपमा परिचित रहेको भन्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले खेलकुँदको माध्यमबाट म्याग्देको थप पहिचान गराउन उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।

 

प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले खेलको माध्यमबाट म्याग्देको पर्यटन विकास गर्न सकिने बताए । उक्त कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष मणिभद्र वाग्ले, वडा अध्यक्षहरु बसन्त श्रेष्ठ, हिरा बहादुर गुरुङ, शिवबहादुर आले, दिपक श्रेष्ठ, कार्यपालिका सदस्य जानकी थापा, नेकपा एमालेका रामभक्त घिमिरे, नेकपा एमालेका द्वारिकानाथ घिमिरे, नेकपा माओवादी केन्द्रका बालकृष्ण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका मनोज अधिकारी, गाउँपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख विष्णु केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार भएको भिमाद र शुक्लागन्डकी नगरपालिका विच भएको उद्घाटन खेलमा १–० गोल अन्तरले शुक्लागन्डकी नगरपालिका विजयी भएको छ । प्रतियोगितामा शनिबार पहिलो खेल भानु नगरपालिका र अन्नपुर्ण गाउँपालिका कास्की तथा दोश्रो खेल व्यास नगरपालिका र देवघाट गाउँपालिका विच हुनेछ ।

 

फागुन २३ गते सम्म चल्ने उक्त प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख रुपैयाँ रहेको छ । त्यस्तै द्वितीय पुरस्कार १ लाख ५० हजार तथा बिजेता र उपबिजेता टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्र समेत प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । साथै सेमिफाइनल पुग्ने २ टिमलाई १५÷१५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।

त्यस्तै उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । उक्त प्रतियोगितामा ११ वटा स्थानीय तहको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक