राष्ट्रिय फोटो पत्रकार समूह तनहुँको अध्यक्षमा गौतम

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १७

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँको अध्यक्षमा विष्णु गौतम निर्वाचित भएका छन् । शाखाको शनिबार दमौलीमा सम्पन्न दोस्रो अधिवेशनबाट गौतमको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो ।

शाखाको उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा माधव पौडेल, सहसचिवमा सागर गिरी, कोषाध्यक्षमा शिला वाग्ले र सदस्यहरुमा श्रहरि पौडेल र उपेन्द्र खनाल चयन भएका छन् । यस्तै सल्लाहकारमा मदन वाग्ले, अमरराज नहर्की र शंकरराज नहर्की चयन भएका छन् ।

उक्त अधिवेशन कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रीय अध्यक्ष प्रदिपराज वन्त, नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष ओमकार आचार्य, प्रेस चौतारी नेपाल गन्डकी प्रदेशका कोषाध्यक्ष मदन तिमिल्सेना, रिपोर्टस क्लव नेपाल गन्डकीका अध्यक्ष मदन वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा फोटो पत्रकारितामा योगदान पु¥याएवापत राससका संवाददाता कृष्ण न्यौपाने, प्रादेशीक खबरका मदन वाग्ले र प्रहार अनलाइनका शंकरराज नहर्कीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर