घुमाउने पुलको ठेक्का तोडेर निर्माण कार्य गर्न सांसद वाग्लेको माग

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन २१

प्रतिनिधि सभाका सांसद डा.स्वार्णिम वाग्लेले घुमाउने पुलको ठेक्का तोडेर भएपनि निर्माण कार्य अघि बढाउन सरकारसँग माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद वाग्लेले १० वर्ष अघि ठेक्का लागेको घुमाउनेको पुल हालसम्म एक तिहाई पनि काम नहुनु ज्यादै दुखद भएको बताए ।

पोखरालाई नारयणगढसम्म जोड्ने पृथ्वीराजमार्गलाई २५ किलोमिटर दुरी छोटाउने बुद्धसिंह मार्गको उक्त घुमाउने पुल हालसम्म कत्तिपनि प्रगति नहुनु दुखद भएको सांसद वाग्लेले बताए । उक्त पुल रुपान्तरणकारी योजना भएको भन्दै उनले त्यस क्षेत्रबाट दशकौं प्रतितिधित्व गर्ने सांसद आज राष्ट्रपति हुनु भएको भन्दै उनले उक्त पुल निर्माणमा यसअघिका कसैको पनि दवाव र चासो नपुगेको बताए । सांसद वाग्लेले ठेक्का तोडेर भएपनि सो पुलको निर्माण कार्यलाई अगाडी बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता