एमालेमा फर्किए नेकपा एसका दुई नेता

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २१

नेकपा एकिकृत समाजबादी जिल्ला कमिटि तनहुँका सचिवालय सदस्य भानु नपा–४ निवासी शंकर रानाभाट र जिल्ला कमिटि सदस्य भानु–४ कै शिवभक्त रानाभाट नेकपा एमालेमा फर्किएका छन् ।

सुखानीका सहिदहरुको स्मृति दिवसको अवसरमा एमाले तनहुँले बुधबार दमौलीमा आयोजना गरेको कार्यक्रममा रानाभाटद्वय एमालेमा फर्किएका हुन् । शंकर रानाभाट भानुमा राम्रो प्रभाव भएका नेता हुन् । उनी करिब ८ वर्ष भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक समेत भएका थिए ।

रानाभाटद्वयलाई नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा गन्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारी, एमाले पोलिट्व्युरो सदस्य तथा गन्डकी प्रदेशका पार्टी स्कुल विभागका संयोजक टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज केदार सिग्देल, केन्द्रीय सल्लाहाकारद्वय एकबहादुर राना र प्रतापलाल श्रेष्ठ, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल लगायतका नेताहरुले एमालेमा स्वागत गरेका थिए ।

एमाले फिर्तापछि रानाभाटले पार्टीले दिएको उचित जिम्मेबारी पुरा गर्ने र भानु नगरपालिकामा एमालेलाई २०८४ को निर्वाचनमा बिजयी गराउन लागिपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक