एमालेमा फर्किए नेकपा एसका दुई नेता

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २१

नेकपा एकिकृत समाजबादी जिल्ला कमिटि तनहुँका सचिवालय सदस्य भानु नपा–४ निवासी शंकर रानाभाट र जिल्ला कमिटि सदस्य भानु–४ कै शिवभक्त रानाभाट नेकपा एमालेमा फर्किएका छन् ।

सुखानीका सहिदहरुको स्मृति दिवसको अवसरमा एमाले तनहुँले बुधबार दमौलीमा आयोजना गरेको कार्यक्रममा रानाभाटद्वय एमालेमा फर्किएका हुन् । शंकर रानाभाट भानुमा राम्रो प्रभाव भएका नेता हुन् । उनी करिब ८ वर्ष भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक समेत भएका थिए ।

रानाभाटद्वयलाई नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा गन्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारी, एमाले पोलिट्व्युरो सदस्य तथा गन्डकी प्रदेशका पार्टी स्कुल विभागका संयोजक टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज केदार सिग्देल, केन्द्रीय सल्लाहाकारद्वय एकबहादुर राना र प्रतापलाल श्रेष्ठ, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल लगायतका नेताहरुले एमालेमा स्वागत गरेका थिए ।

एमाले फिर्तापछि रानाभाटले पार्टीले दिएको उचित जिम्मेबारी पुरा गर्ने र भानु नगरपालिकामा एमालेलाई २०८४ को निर्वाचनमा बिजयी गराउन लागिपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर