बन्चरो प्रहार गरि महिलाको हत्या गरेको आरोपमा पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २१

बन्चरो प्रहार गरी महिलाको हत्या गरेको आरोपमा तनहुँ प्रहरीले व्यास नगरपालिका–९ कुमालगाउँका ३० वर्षीय शिवशंकर भन्ने शंकर परियारलाई नियन्त्रणमा लिएको छ । सोही ठाउँ बस्ने छिमेकी ६६ वर्षीया विष्णुमाया कुमालको बुधबार बिहान ७ः३० बजे हत्या गरेको आरोप परिवारले लगाएको छ ।

आफ्नै घर अगाडिको खाली जग्गामा मृत अवस्थामा रहेको भन्ने स्थानीयबाट सूचना प्राप्त हुनसाथ घटनास्थलमा पुगेको प्रहरीले कुमाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

विष्णुमायालाई धारिलो हतियार बन्चरोले टाउकोमा निर्ममता पूर्वक प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आरोपित कुमाललाई बुधबार तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो