विष्णु मगर । देवघाट, साउन ८
माध्यमिक शिक्षा परिक्षा (एसइई) उत्तिर्ण परिक्षार्थीहरुलाई योङ कम्युनिष्ट लिग (वाईसिइल) देवघाट गाउँ कमिटिले सम्मान गरेको छ । वाईसिएल देवघाटले विहिबार कार्यक्रमको आयोजना गरि एसईइमा सबैभन्दा उत्कृष्ट नम्वर ल्याइ पास हुने देवघाटका विद्यार्थीलाइ नगद सहित सम्मान गरेको हो ।



उक्त कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) देवघाट गाउँ कमिटिका अध्यक्ष भुवन गुरुङले जनताको आवश्यकताको पहिचान गरि काम गर्दै आएको गुरुङले बताए । शिक्षा मानिसको जिवनमा धेरै महत्वपूर्ण रहेको हुदा एसईइमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई मनोबल प्राप्त होस भन्ने हेतुले गरेको कार्यक्रम स्वागत योग्य रहेको गुरुङले बताए ।
सो कार्यक्रममा देवघाटका सामुदायिक विद्यालय मध्येबाट सबैभन्दा उत्कृष्ट नम्बर ल्याई उतिर्ण हुने विद्यार्थीहरुलाइ नगद र मायाको चिनो दिई सम्मान गरिएको थियो । सम्मानित हुनेमा दिलिप गुरुङ, आकृति लामिछाने तथा बविता भुजेल रहेका छन् । उनीमध्ये गुरुलाई लाई नगद तीन हजार पाच सय तथा लामिछाने र भुजेललाई नगद दुई हजार पाँच सय र मायाको चिनोबाट सम्मान गरिएको थियो ।

यस्तै उक्त कार्यक्रममा देवघाटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कराते खेलबाट चिनाउन सफल भएकी मनिसा गुरुङलाई नगद तिन हजार पाच सय मायाको चिनो एवं हरि बहादुर गुरुङलाइ नगद दुई हजार पाच सय र मायाको चिनोबाट सम्मान गरिएको थियो । भने कराते प्रशिक्षक रुद्र वहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा शुन्दरसिल टोल विकास संस्थाका युवाहहरुलाई दुई थान फुटबल हस्तान्तरण गरिएको थियो ।

वाईसिइल देवघाटका अध्यक्ष योगेन्द्र गुरुङको अध्यक्षतमा भएको उक्त नेकपा माओवादी केन्द्र देवघाट गाउँ कमिटिका सह–सचिव एव देवघाट गाउँ कमिटिका इन्चार्ज दुर्गालाल गुरुङ, अनेमसंघ क्रान्तिकारी देवघाट गाउँ कमिटिका इन्चार्ज माया शर्मा वाईसिएल तनहुँका उपाध्यक्ष युकेश मगर, नेकपा माओवादी केन्द्र देवघाट गाउँ कमिटिका सदस्य बिष्णु बहादुर कमली, बाबुराम अधिकारी, समाजसेवी तेजबहादुर थापा मगर तमु विद्यार्थी तनहुँका जिल्ला उपाध्यक्ष शुष्मा गुरुङ र तथा वाइसिएल देवघाटका सदस्यहरुको उपस्थिती रहेको थियो ।












