म्याग्दे गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ५

म्याग्दे गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिता बुधबार सम्पन्न भएको छ । ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधारः मानव विकास कृषि पर्यटन र पूर्वधार’ नारालाई मुल विषयवस्तुमा आयोजना गरेको उक्त तीज गीत प्रतियोगितामा जम्मा १७ टिमको सहभागिता रहेको थियो ।

सो प्रतियोगितामा म्याग्दे २ को भिमसेन आमा समुह प्रथम, वडा नम्बर ७ को जनचेतना आमा समुह द्वित्तिय, वडा नम्बर ७ कै बेदकाली कृषक समृह तृतिय तथा वडा नम्बर ४ को बिजुली आमा समुह सान्त्वना हुन सफल भएको छ ।

प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुन सफल समुहलाई क्रमशः १८ हजार, १५ हजार, १२ हजार र ७ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमा उपाध्यक्ष बालकृष्ण घिमिरे, निवर्तमान अध्यक्ष माया राना, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, जिल्ला समन्व्य समितिका सदस्य डोलराज सुनार लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो