रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

Devghat Online

शेयर गरौ

काठमाडौं । पुस ३

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विहिबार रविलाई ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो । पहिलेको धरौटी १ करोड र बैंक ग्यारेन्टी बापतको २ करोड ७४ लाख रुपैयाँ धरौटी राखेर रिहा गर्ने आदेश भएको सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

‘प्रतिवादी रवि लामिछानेको हकमा पहिलेको धरौटी १ करोड र बैंक ग्यारेन्टी बापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्ने आदेश भएको हो,’ उनले भने, ‘अर्का प्रतिवादी छविलाल जोशी बञ्जाडेका हकमा उनले निवेदन दिएमा पुनर्विचार गर्नु भन्ने आदेश भएको हो ।’

यसैगरी अदालतले लामिछानेलाई विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्वजानकारी दिएर मात्रै यात्रा गर्न भनेको छ । उच्च अदालतकै आदेशले उनी गत २०८१ चैत्र २२ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछाने ललितपुरको नख्खु कारागारमा थिए । उनी कानुनी प्रक्रिया पुरा गरेर शुक्रबार रिहा हुने भएका छन् ।

सर्वोच्चले २०८२ जेठ ९ गते उच्चको आदेशलाई सदर गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता