आफूविरूद्ध भ्रम फैलाइएको भन्दै वाग्लेले दिए साइबर ब्युरोमा उजुरी

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार स्वर्णिम वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका छन् । झुटो विवरण तयार गरेर आफूविरूद्ध सामाजिक सञ्जालमार्फत् भ्रम फैलाइएको भन्दै त्यस्ता व्यक्तिहरूको पहिचान गरी कारबाही माग गर्दै वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले उपसभापति वाग्लेबाट उजुरी आएको बताएका छन् । ‘सामाजिक सञ्जालमा झुटा र भ्रामक समाचार सिर्जना गरी मानमर्दन र सामाजिक सौहार्दता खलब्ल्याउने कुनियतले सामग्री प्रचारप्रसार गर्नेहरू पत्ता लगाई हदैसम्मको कारबाही गरिपाऊँ’ भन्दै वाग्लेले उजुरी दिएका हुन् ।

धर्म र व्यक्तिगत अवस्थाबारे भ्रम सिर्जना गराउने काम भइरहेको पाइएको उनले दिएको उजुरीमा उल्लेख छ । नक्कली सामग्री सामाजिक सञ्जालहरूमा प्रशारण गरेको पाइएको पनि उनको भनाइ छ । अफवाह फैलाउने व्यक्ति र समूहहरू पत्ता लगाएर अनुसन्धान गरी कारबाही गर्न पनि उनले माग गरेका छन् ।

‘आफूलाई बागमती प्रदेशकी सांसद भनेर चिनाउने लक्ष्मी घिमिरे र मोहन लामा रूम्बाले प्रेषित गरेका सामग्रीले मेरो प्रतिष्ठामाथि आँच पु¥याउने खराब नियत राखेको पाएको छु,’ उनले साइबर ब्युरोमा दिएको उजुरीमा उल्लेख गरेका छन् ।

वाग्लेले विहिबार बन्दीपुर गाउँपालिकाको डुम्रे बजार सहित विभिन्न स्थानमा घर दैलो र मतदाता भेटघाट गरेका छन् । मतदातासँगको प्रत्यक्ष भेटघाटमा वाग्लेले जनताको समस्या, आवश्यकता र विकासका अपेक्षाबारे छलफल गरेका थिए । वाग्लेले तनहुँको बृहत्तर विकासकोलागि रास्वपाको नेतृत्वमा बन्ने सरकारले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल