देवघाटका युवासँग एमाले उम्मेदवार न्यौपानेः ‘युवाको समस्या एमालेले मात्र समाधान गर्छ’

Devghat Online

शेयर गरौ

देवघाट । माघ २७

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपाने मंगलबार दिउँसो चुनावी अभियानको क्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ को देउपुर पुग्दा त्यहाँ उनलाई देवघाटका युवाहरुले स्वागत गरे । गत माघ २४ गते शनिबार वडा नम्बर ५ को पिपलटारमा गाउँपालिकाको निर्वाचन प्रचार कार्यालयको उद्घाटन गरेर देवघाट गाउँपालिकामा चुनावी अभियान सन्चालन गरेकी न्यौपाने वडा नम्बर ४, ३, २ र १ का मतदातालाई भेटगरि मंगलबार पुनः वडा नम्बर ५ मा आईपुगेकी थिइन् ।

त्यहाँ आउँदा न्यौपानेलाई युवाहरुले स्वागत गरेका थिए । युवाहरुले उम्मेदवार न्यौपानेसँग जेनजी पुस्ताका युवाको माग सम्बोधनको लागि एमालेको धारणाको बारेमा छलफल गरेका थिए । युवाहरु रोजगारीको अभावमा बिदेश जान बाध्य भएको लगायतका विषयमा पनि युवाहरुले न्यौपानेको ध्यानाकर्षण गराएका थिए ।

युवाहरुसँगको छलफलमा न्यौपानेले युवाहरुको समस्या समाधानकोलागि एमालेले काम गर्दै आएको बताइन् । उनले एमालेले विगतमा युवालाई देशभित्रै रोजगारी सन्चालनकोलागि देशभित्रै उद्योग कलकारखाना सन्चालन, पुर्वाधारको विकास, युवालाई लक्षित गरि स्मार्ट अप लगानी, युवा स्वरोजगार कार्यक्रम, कृषि तथा पर्यटनको विकास मार्फत युवालाई रोजगारी सिर्जना गर्दै आएको बताइन् ।

उम्मेदवार न्यौपानेले अव हुने चुनाव कुनै नियमित चुनाव नभएर एक प्रकारको जनमत संग्रह जस्तै भएको बताइन् । अहिले केही अराजक र बिध्वंशकारी तत्वहरुले देश नै सकाउने हिसाबले आएको भन्दै त्यस्तो तत्वलाई चुनाव मार्फत परास्त गर्नुपर्ने उनले बताइन् । राष्ट्रिय राजनीति तर्फ इङ्गित गर्दै उनले भनिन् ‘अहिलेको अवस्था भनेको एक जना सांसद छान्ने मात्र हैन, यो देश जोगाउने की देश बिनास गर्ने भन्ने एकप्रकारको जनमत संग्रह पनि हो ।’

देशलाई विखण्डनकारी र बिध्वंशकारीहरुबाट बचाउनको लागि यसपटक एमालेलाई जिताउनुपर्ने न्यौपानेले बताइन् । देशको स्वाधिनता र स्वाभिमान बचाउन पनि एमालेलाई जिताउनु पर्ने न्यौपानेले बताइन् । न्यौपानेले यो चुनाव देश जोगाउने र देश जलाउनेहरुको विच भएको भन्दै देश जोगाउनेहरुले बिजय प्राप्त गर्नुपर्ने बताइन् । देश जोगाउने विषयमा युवाहरु सचेत हुनुपर्ने उनले बताइन् ।

२०८४ मा हुनुपर्ने चुनाव धेरै षड्यन्त्र गरि २०८२ मै सारिएको भन्दै उनले राष्ट्रिय स्वाधिनता र स्वाभिमानका पक्षधरहरु एकजुट भई सबै षड्यन्त्रलाई परास्त गर्नुपर्ने बताइन् । पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग गरि नेकपा एमाले र यसको नेतृत्व प्रति चौतर्फी आक्रमण भएको भन्दै न्यौपानेले बिदेशीबाट परिचालित यी नयाँ भन्नेहरुले जिते भने एक वर्ष भित्र देशमा अनिष्ट हुने बताइन् ।

जसले राजनीति बुझेको छैन, जसको केही अस्तित्व छैन ती व्यक्तिहरु भाइरलको नाममा चुनावमा आएको भन्दै त्यस्ता तत्वले जितेमा देशको अस्तित्व नै खतरामा पर्ने उनको भनाई थियो । ५३ दिन मन्त्री हुँदा ९ वटा सहासिक निर्णय गरेको भन्दै उनले उक्त समय गौरवपुर्ण समय भएको बताइन् ।

न्यौपानेले मंगलबार देवघाट गाउँपालिका–५ का विभिन्न स्थानमा घरदैलो र मतदातासँग भेट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल