तनहुँ । फागुन १८
प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घात–अन्तर्घातको आशंकाको चर्चा बढेको छ । विशेषगरि तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार स्वर्णिम वाग्लेलाई रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पक्षधरहरुले अन्तर्घात गर्न सक्ने आशंका सो पार्टी भित्र गर्न थालिएको छ ।



बालेनले स्वर्णिमलाई सुरुदेखी नै असहयोग गर्दै आएको प्रष्ट देखिन्छ । यसअघि गोर्खाको चुनावी प्रचार सकेर बालेन पोखरा जाने क्रममा उनी तनहुँको कुनै पनि क्षेत्रमा देखिएनन् । त्यसैगरि गत शुक्रबार तनहुँको दुबै निर्वाचन क्षेत्रमा बालेन र रवि लामिछाने आउने प्रचार गरेर रास्वपाले ठुलै भिड जम्मा गरेपनि बालेन भने चितवनबाट काठमाडौं गएका थिए । बालेनले स्वर्णिमको प्रचारमा कुनै चासो नदेखाएको यी दुबै घटनाबाट प्रष्ट हुन्छ । उक्त कार्यक्रममा बालेन नआएपछि रवि लामिछानेले चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतमलाई ल्याएका थिए ।
यी सबै घटनाक्रमले रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका बालेनले भावी अर्थमन्त्रीको रुपमा स्वर्णिमलाई स्विकार गर्न नसकेको रुपमा राजनीतिक बृत्तमा अथ्र्याईएको छ । बालेनले स्वर्णिमलाई चुनाव हराएर आफ्नै टिमको कुनै सांसदलाई अर्थमन्त्री बनाउन खोजेको रुपमा राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् ।
बालेन र वाग्ले विचको सम्बन्ध चिसिएको विषय विगतबाटै चर्चाको रुपमा बाहिर आएको थियो । स्वर्णिमको चुनाबी सभामा सम्वोधन गर्न उनको निर्बाचन क्षेत्रमा बालेन आउने भनी २/२ पटक सम्म प्रचार गरी आममतदाताको भिड जम्मा गर्ने मात्र अस्त्रको रुपमा लिईएपनि तर बालेन नआए पश्चात रास्वपाकै नेताहरुको अनुसार स्वर्णिम र बालेनविचको सम्बन्धमा दरार आएको आशंका गर्न थालेका छन् ।
शुक्रबार बालेन तनहुँ नआउनुमा उनको स्वास्थ्यको कारण बताईएपनि बालेन उक्त दिन पुरै स्वस्थ रहेको देखिन्छ । रास्वपा तनहुँका संयोजक विश्व बास्तोलाले बालेन अस्वस्थ भएको कारण तनहुँ नआएको प्रष्टिकरण दिएका थिए । चितवनको सभामा भाषन गरेपछि बालेन आफ्नो टिम लिएर काठमाडौंका हिडेका थिए । चितवनको चुनावी सभामा पनि बालेन र स्वर्णिम विच कुनै हार्दिकता सम्बन्ध देखिएन । बालेन शनिबार बिहानै देखी काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा प्रचारमा हिडेका थिए ।
साथै रास्वपा तनहुँ भित्रकै विशेष स्रोतको अनुसार तनहुँमा बालेन समर्थकहरु स्वर्णीम हराउने तयारीमा लागेको बताईएको छ । बालेन समुह र रवि समुह भन्दै रास्वपाका कार्यकर्ता नै विभाजित हुदाँ स्वर्णीम लाई अव जित्न धेरै गाह्रो हुने तथा रास्वपाकै बालेन समुह बाटै अन्तर्घात हुने सुनिश्चित रहेको रास्वपाकै कार्यकर्ताहरुले बताएका छन् ।












