तनहुँ । जेठ १५
अर्थमन्त्री स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र रहेको तनहुँलाई बजेटले आंशिक सम्बोधन गरेको छ । बजेट मार्फत तनहुँ जिल्लामा सम्पन्न हुने विकास निर्माणका विस्तृत कार्यक्रम सार्वजानिक नभए पनि केही महत्वपुर्ण विषय भने अर्थमन्त्री वाग्लेले बजेट वक्तव्यको क्रममा सार्वजानिक गरे ।



आगामी आर्थिक वर्षमा पृथ्वीराजमार्गको आबुँखैरेनी–दमौली–पोखरा खण्डको निर्माण सम्पन्न गर्ने, त्रिवेणीधामबाट देवघाटधाम हुँदै रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ हुँदै दामोदरकुण्ड सम्मको शालीग्राम पथ विकास गर्ने, तनहुँ जलविद्युत आयोजनाको निर्माण कार्यलाई तिब्रता दिने, ४०० केभीको नयाँ खिम्ती, बाह्रविसे, काठमाडौं, हेटौंडा, रातमाटे, न्यु दमौली, न्युव वुटवल प्रशारण लाईनलाई तिब्रता दिने तथा साईकल ट्रेकका लागि दमौली, छाब्दीबाराही, बन्दीपुर, छिम्केश्वरी, लाब्दीघाट हुँदै देवघाटसम्मको नयाँ ट्रेक निर्माण गर्ने कार्यक्रम बजेटमा समेटिएको छ ।
यी मध्ये साईकल ट्रेक निर्माण बाहेक अन्य कार्यक्रमहरु विगतकै सरकारले सन्चालन गरेको कार्यक्रमहरु रहेका छन् ।












