एसओएसद्वारा शैक्षिक तथा स्वास्थ्य समाग्री वितरण

Devghat Online

शेयर गरौ

दमौली, साउन १६
एसओएस बालग्राम नेपालले व्यास नपा– १३ र १४ का तिनवटा सामुदायिक विद्यालयलाई प्राथमिक स्वास्थ्य उपचार समाग्री, शैक्षिक समाग्री, नेपालको नक्सा, भलिवल, नेट, फलाईङ्ग डिस्क, एलईडी टिभी, डस्टविन, विज्ञान समाग्री, कार्पेट, स्यानिटाईजर, मास्क, थर्मल गन लगायतका समाग्रीहरु वितरण गरेको छ । यसैगरि प्राथमिक विद्यालयका लागी टेलिभिजन सेट पनि उपलब्ध गराईएको छ ।

एसओएस बालग्रामद्वारा व्यासको वडा नम्बर १३ र १४ मा सन्चालित समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम अन्तर्गत आयोजित अभिमुखीकरण कार्यक्रममा ति सामाग्रीहरु वितरण गरिएको थियो । सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले ति सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी व्यास नपा १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले परिवारीक सवलिकरण कार्यक्रम मार्फत समुदायमा प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्ने बताए । स्वास्थ्य र शिक्षा जस्तो विषयमा एसओएस वालग्रामको सहयोग अत्यन्त सकारात्मक रहेको र उक्त कार्यक्रमले समाजमासकारात्मक वातावरण बनाउन भुमिका खेल्ने वडाध्यक्ष श्रेष्ठले बताए ।
परियोजनाका संयोजक अमृत पन्थीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष लेख वहादुर राना, केशवटार माविका प्रअ दुर्गाबहादुर आले परियोजनाका कार्यक्रम अधिकृत सन्जय अर्याल लगायतले मन्तव्य राखेका थिए ।

लेखा प्रमुख भरत पौडेलले सन्चालन गरेको सो कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, जनप्रतिनिधिहरु, वडा भरका सामुदायिक तथा माध्यामिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिती रहेको थियो । एसओएसले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धिमा गरेको सहयोगले विद्यार्थीलाई रचनात्मक तथा शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने केशवटार माविका प्रधानाध्यापक दुर्गा वहादुर आलेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी