तडकभडक नगरि तिज मनाउन जिल्ला प्रशासन कार्यालय तनहुँको अनुरोध

Devghat Online

शेयर गरौ

दमौली, भदौ १७

जिल्ला प्रशासन कार्यालय तनहुँले कुनै तडकभडक नगरि हरितालिका तिज पर्व मनाउन अनुरोध गरेको छ । प्रशासनले आईतबार सुचना प्रकाशन गरि अनावश्यक तडकभडक र खर्चिलो हुने गरि तिजका कार्यक्रमहरु आयोजना नगर्न अनुरोध गरेको छ । तिजका कार्यक्रमहरुको निगरानी गरि अनावश्यक तडकभडक गरेको पाईएमा कानुन बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालद्वारा जारी सुचनामा विगतको तुलनामा हालैका वर्षमा तिज मनाउने क्रममा अनवश्यक तडकभडक सहितका खर्चिला कार्यक्रम हुँदै आएको भन्दै सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावलीले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमित गरेको जनाईएको छ ।

आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्बद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला कार्यक्रम सन्चालन नगर्न÷नगराउन हुन जिल्ला प्रशासनले सम्पुर्ण जिल्लावासीहरुमा अनुरोध गरेको छ ।

पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरि असल संस्कारको विका गर्दै जानु सबैको कतव्र्य भएकोले यस कार्यमा जिल्ला स्थित सबै राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्था, महिला सन्जाल तथा सम्पुर्ण जिल्लाबासीहरुमा सहयोगको अपेक्षा गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण