जग्गा खरिद प्रक्रियामा चललेख गर्ने र अमर्यादित भाषा प्रयोग गर्ने चार कर्मचारीलाई व्यास नगरपालिकाद्वारा निलम्बन

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २१

व्यास नगरपालिकाको जग्गा खरिद प्रक्रियामा चलखेल गर्ने र नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा अमर्यादित भाषा प्रयोग गर्ने चारजना कर्मचारीहरूलाई व्यास नगरपालिकाले निलम्बन गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा अमर्यादित भाषा प्रयोग गरेका चार जना कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतवाट ७ दिने स्पष्टीकरण सोधिएको विषयलाई अनुमोदन गरी ती कर्मचारीहरूलाई छानबिन प्रक्रिया नटुङ्गिदासम्म निलम्बन गर्न प्रमुख प्रशासकीय अधिकृत लाई निर्देशन दिने निर्णय गरेको छ ।

छानबिनको लागि स्पष्टीकरण सोधिएका ति कर्मचारीहरूलाई दिएको अतिरिक्त थप सुविधा हाललाई कटौती गरी कार्यपालिकाबाट तोकिएका सबै समिति, उपसमितिको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । निलम्बन गरिएका कर्मचारीमा बरिष्ठ आलेप अधिकृत कुमार कन्चन जिसी, सरसफाई शाखा प्रमुख कृष्णराज घिमिरे, स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोती र सवारी चालक कुशेश्वर गुरुङ रहेका छन् । स्पष्टीकरण माग गरिएका कर्मचारीहरूको प्राप्त स्पष्टीकरण मिति फागुन २६ गते विहान ८ बजे हुने बैठकमा पेश गर्न निर्देशन दिने निर्णय गरेको छ । .

नगरपालिकाका केही कर्मचारीहरूको अडियो सार्वजनिक भएको सम्बन्धमा राष्ट्रिय मान्यता प्राप्त स्थानीय राजनैतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेकपा एकिृत समाजवादी लगायतको प्रेस विज्ञप्तिको बारेमा बैठकलाई जानकारी गराई सरसफाई केन्द्रको जग्गा व्यवस्थापन सम्बन्धमा छलफल गर्न आगामी फागुन २५ गते स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुसँगसंयुक्त बैठक वस्ने निर्णय बैठकले गरेको नगर प्रमुख बैकुण्ठ न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले देशभरका १० पालिकाहरूमा व्यास नगरपालिका समेतको आर्थिक सबलीकरण गर्ने एशियाली विकास बैंकको सहकार्यको परियोजना स्वीकृत भएकाले त्यसको स्वागत गर्दै यस नगरपालिकाको मध्यकालीन खर्च संरचना, आर्थिक सर्वेक्षण, लैङ्गिक समानता, वातावरण मैत्री बजेट तर्जुमाका आधार एवं मान्यतामा रही विज्ञहरूसँग सहकार्य गर्ने निर्णय गरिएको जनाईएको छ ।

आगामी फागुन २४ गते (८ मार्च २०२५) अन्तर्राष्ट्रिय नारी दिवस परेको हुनाले उक्त नारी दिवस भव्यताका साथ मनाउन सबै जनप्रतिनिधिहरू, राजनीतिक दलसँग सम्बद्ध सम्पूर्ण महिला संघ÷संगठन, सञ्चारकर्मी, उद्यमी महिला, महिला सहकारी, जातीय संघ÷संगठन, आमा समूह, कलाकार लगायतको सहभागिता रहने गरी नगर उप–प्रमुख इन्दिरा दरैको अध्यक्षतामा मूल आयोजक समिति गठन गर्ने र उक्त दिन ११ बजे ¥याली सहित दमौली सभागृहमा कार्यक्रमको आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले व्यास नगरपालिकाको सूचना अधिकारीको जिम्मेवारी शिक्षा शाखा प्रमुख केदार आचार्यलाई दिने निर्णय गरेको छ । यसैगरि व्यास नगरपालिकाका केही निजी विद्यालयहरूले धेरै लामो समयदेखि करको दायरामा आएको नदेखिँदा त्यस्ता विद्यालयलाई करको दायरामा ल्याउन राजश्व समितिलाई निर्देशन दिने निर्णय गरिएको विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान