दोश्रो म्याग्दे अध्यक्षकप फुटवल प्रतियोगिताको उपाधी आयोजक म्याग्देलाई

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २१

तनहुँको म्याग्दे गाउँपालिकाद्वारा आयोजित ‘दोश्रो म्याग्दे अध्यक्ष कप–२०८१’ प्रदेश स्तरीय फुटवल प्रतियोगिताको उपाधी आयोजक म्याग्दे गाउँपालिकाले जितेको छ । उपाधी भिडन्तकोलागि बुधबार भएको फाइनल खेलमा लमजुङको दोर्दी गाउँपालिकालाई पेनाल्टी सुट आउटमा हराउँदै म्याग्देले उपाधी हात पारेको हो ।

 

‘म्याग्देको पर्यटन विकासका लागि खेलकुँद’ भन्ने मुल नाराका साथ वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा आयोजित उक्त प्रतियोगिताको बिजेता आयोजक म्याग्दे गाउँपालिकाको फुटवल टिमले राशी ३ लाख रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता दोर्दीले १ लाख ५० हजारमा चित्त बुझाएको छ ।

साथै सेमिफाइनल पुग्ने बन्दीपुर गाउँपालिका र शुक्लागन्डकी नगरपालिकाले प्रोत्साहन स्वरुप १५÷१५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिएको म्याग्दे गाउँपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख विष्णु केसीले जानकारी दिए ।

शिक्षा शाखा प्रमुख केसीका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडि म्याग्देका हुम बहादुर भुजेल, उत्कृष्ट गोलकिपर म्याग्देकै रतन नेपाली, उत्कृष्ट डिफिन्डर दोर्दीका कविराम गुरुङ, उत्कृष्ट मिडफिल्डर दोर्दीका लिलजङ तामाङ, सर्वाधिक गोलकर्ता बन्दीपुरका संजिब थापा र दोर्दीका दिपक गुरुङ र उत्कृष्ट कोच विमल थापा घोषित भएका थिए ।

प्रतियोगिताका बिजेता र उपबिजेता टिम सहित उत्कृष्ट खेलाडीहरुलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायतले पुरस्कार प्रदान गरेका थिए । उक्त अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नेपालको लोकप्रिय खेल फुटबलको खेलाडी उत्पादनमा म्याग्दे गाउँपालिका उर्वर भुमीको रुपमा परिचित रहेको भन्दै खेलकुँदको माध्यमबाट म्याग्देको थप पहिचान गराउन उक्त प्रतियोगिता आयोजना गरिएको बताए । उक्त प्रतियोगितामा ११ वटा स्थानीय तहको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता