काठमाडौं, फागुन २१
प्रतिनिधि सभाका सांसद डा.स्वार्णिम वाग्लेले घुमाउने पुलको ठेक्का तोडेर भएपनि निर्माण कार्य अघि बढाउन सरकारसँग माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद वाग्लेले १० वर्ष अघि ठेक्का लागेको घुमाउनेको पुल हालसम्म एक तिहाई पनि काम नहुनु ज्यादै दुखद भएको बताए ।
पोखरालाई नारयणगढसम्म जोड्ने पृथ्वीराजमार्गलाई २५ किलोमिटर दुरी छोटाउने बुद्धसिंह मार्गको उक्त घुमाउने पुल हालसम्म कत्तिपनि प्रगति नहुनु दुखद भएको सांसद वाग्लेले बताए । उक्त पुल रुपान्तरणकारी योजना भएको भन्दै उनले त्यस क्षेत्रबाट दशकौं प्रतितिधित्व गर्ने सांसद आज राष्ट्रपति हुनु भएको भन्दै उनले उक्त पुल निर्माणमा यसअघिका कसैको पनि दवाव र चासो नपुगेको बताए । सांसद वाग्लेले ठेक्का तोडेर भएपनि सो पुलको निर्माण कार्यलाई अगाडी बढाउनुपर्ने बताए ।