विभिन्न कार्यक्रम गरि भानुजयन्ती मनाइने

Devghat Online

शेयर गरौ

तनहुँ । असार २४

आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती तनहुँमा विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । भानु नगरपालिका अन्तर्गतको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा आगामी असार २६ गतेदेखी असार २९ गतेसम्म विभिन्न कार्यक्रम गरि भानु जयन्ती मनाइने भएको हो ।

असार २६ गते विहान भानु नगरपालिकाको कार्यालय भन्सारमा रक्तदान तथा दिउँसो ११ बजे प्रदेश अस्पताल दमौलीमा विरामीहरुलाई फलफुल वितरण कार्यक्रम गरिने भएको छ । यस्तै असार २७ गते चुँदी रम्घामा स्थानीय मठ मन्दिरमा पुजापाठ र साँझ दिपावली गरिनेछ ।

असार २८ गते विहान जन्मस्थल विकास समितिको कार्यालयमा विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिता, भानुभक्तको चित्रलेखन प्रतियोगिता र भानुभक्तीय रचना वाचन तथा प्रतियोगिता हुने भएको छ ।

असार २९ गते बिहान चुँदी रम्घामा प्रभातफेरी कार्यक्रम, भानुको प्रतिमामा माल्र्यापण कार्यक्रम, पन्चकन्याबाट रामायण बाचन तथा दिउँसो गन्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा मुख्य कार्यक्रम, झाँकी प्रर्दशनी, कविगोष्ठी, श्रद्धान्जली कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका