ताप्लेजुङमा योगेश भट्टराई सवार गाडी तोडफोड

Devghat Online

शेयर गरौ

ताप्लेजुङ, मंसिर १०

ताप्लेजुङमा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले तोडफोड गरेका छन् । आज आइतवार गृहजिल्ला ताप्लेजुङबाट काठमाण्डौ फर्कने क्रममा सदरमुकाम फुङलिङको तोक्मे डाँडामा भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको सिसा फुटेको छ ।

सातरआठ जनाको समूहमा रहेकाहरूले भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेका एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले बताए । गाडीको सिसा फुटे पनि मान्छेलाई केही नभएको खतिवडाले जानकारी दिए । यसअघि आजै दिउँसो सचिव भट्टराईलाई पहिचान पक्षधरहरूले कालो झण्डा देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास