काठमाडौँमा नयाँ प्रमुख जिल्ला अधिकारी रिजालले गरे पदबहाली

Devghat Online

शेयर गरौ

काठमाडौं । भदौ ९

प्रमुख जिल्ला अधिकारी छवि रिजालले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पदबहाली गरेका छन्।

पदबहालीसँगै उनले कार्यालयका कर्मचारीहरूसँग परिचयात्मक बैठक गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित र गुनासो रहित बनाउन निर्देशन दिएका छन्। साथै, कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधार ल्याउन र कार्यालयलाई सूचना प्रविधिमैत्री बनाएर नागरिक सेवासँग आवद्ध गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

यसअघि रिजालले सुर्खेत, झापा र तनहुँमा प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनी सुर्खेतमा एक वर्ष, झापामा एक वर्ष र तनहुँमा ११ महिना प्रजिअ भएर काम गरिसकेका छन्।

प्रशासनिक दृष्टिले काठमाडौँलाई संवेदनशील र शक्तिशाली प्रशासनको केन्द्रका रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ