व्यास नगरपालिकालाई उत्कृष्ट नगरपालिका बनाउने प्रमुख प्रशाशसकीय अधिकृत लम्सालको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ९

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले व्यास नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने प्रतिबद्धता जनाएका छन् ।

व्यास नगरपालिकामा कार्यभार सम्हालेपछि सोमबार सन्चारकर्मीहरुसँग लम्सालले व्यास नगरपालिका धेरै सम्भावनायुक्त नगरपालिका भएपनि जनप्रतिनिधि र कर्मचारी विच समन्वय नहुँदा यस अघि अपेक्षा अनुसार काम हुन नसकेको भन्दै अव आफुले जनप्रतिनिधि र कर्मचारी विच पुलको काम गरेर व्यासलाई उत्कृष्ट नगरपालिका बनाउने बताए ।

आफु कुनै राजनीतिक दवाव र प्रभावले काम नगर्ने भन्दै लम्सालले कानुन विपरित कुनै पनि काम नगर्ने स्पष्ट पारे । व्यास नगरपालिका आफ्नो जन्मभुमी भएको भन्दै जागिरे जिवनमा एक पटक जन्मभुमीको सेवा गर्ने इच्छा अनुसार व्यास नगरपालिका आएको बताए । यस अघि काम गरेको स्थानीय तहमा पनि सबैको समन्वयमा राम्रो काम गरेको भन्दै लम्सालले व्यासमा पनि राम्रो काम गर्ने प्रतिबद्धता जनाए ।

लम्साल चितवनको रत्ननगर नगरपालिकाबाट व्यास नगरपालिकामा हालै सरुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो