जेनजी आन्दोलनको क्रममा फरार आठ जना कैदीबन्दी पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १३

जिल्ला प्रहरी कार्यालयले जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते राती तनहुँ कारागारबाट भागेका आठ जना कैदीबन्दीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी चौकीबाट खटिई गएको प्रहरी टोलीले जेनजी समुहको आन्दोलनको क्रममा कारागार तोडफोड गरी भागेका थुनुवा तथा कैदीहरुलाई पक्राउ गरी लगत कट्टाका लागि जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेहरुमा अपराधिक उपद्रब मुद्धाका ऋषिङ गाउँपालिका–१ बस्ने सुमन सारु, चेक अनादर मुद्धाका व्यास नपा–१३ बस्ने सावित्री पाण्डे, अबैध वन्यजन्तु रतुवामृग चोरी सिकारी मुद्धाका भिमाद नपा–३ बस्ने सन्त बहादुर नेपाली र सोही मुद्धाका सोही ठाउँकी खगिसरा बिक र अन्जु नेपाली, चेक अनादर मुद्धाका घिरिङ गापा–२ का तिल बहादुर श्रेष्ठ बैंकिङ कसु मुद्धाका व्यास नपा–३ बस्ने वर्ष ३४ का जोशनाबानु राना रहेका छन् ।

यसैगरि जेनजी समुहको आन्दोलनको क्रममा कारागार कार्यालय तनहुँ तोडफोड गरी भागेका बलात्कार मुद्धाका कैदी शुक्लागण्डकी नपा–१० घर भई हाल भिमाद गापा–९ बस्ने २७ बर्षिय प्रकाश विकलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार तनहुँमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता