देवघाटको सिताराम संस्कृत माविमा चोरी

Devghat Online

शेयर गरौ

देवघाट । पुस १७

भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको सिताराम संस्कृत माविमा चोरी भएको छ । चोरहरुले विद्यालयको कार्यालय कोठामा रहेको चारवटा ल्यापटप, खुत्रुकेमा रहेको करिब ४ हजार नगद, सहायक प्रअको घर्रामा रहेको सरस्वती पुजाको भेटी वापतको ११ सय नगद चोरी गरेको विद्यालयका प्रअ मिलन घिमिरेले बताए ।

पौष १५ गते तमु ल्होसारको सार्वजनिक बिदा तथा पौष १६ गते भरतपुर महानगरपालिकाले दिएको जाडो बिदा परेको हुँदा उक्त दुई दिन विद्यालय सन्चालन नभएको हुँदा पौष १४ गते साँझ ४ बजेदेखि १७ गते बिहान १० बजेसम्मको अवधिभित्र विद्यालयमा चोरी भएको प्रअ घिमिरेले बताए ।

चोरहरुले विद्यालयको पछाडिपट्टि रहेको मूल गेटको लक गर्ने रड निकालेको तथा विद्यालयको कार्यालयको मूल ढोका तोडेका थिए । कार्यालयमा रहेको दराज फोडी ४ वटा ल्यापटप चोरिएको र जसमध्ये २ वटा विद्यालय पछाडिको भागमा भेटिएको प्रअ घिमिरेले बताए ।

अफिसका सबै टेबलका घर्राहरू खोजतलास गरी सामानहरू छरपस्ट पारिएकोपनि उनले बताए । प्रअ घिमिरेले चोरीको घटनाको अनुसन्धानकोलागि देवघाट प्रहरी चौकीमा निबदेन दिईएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक