भरतपुर/दुई महिनादेखि रिक्त रहेको चितवन उद्योग संघको कार्यकारी निर्देशकमा राप्ती नगरपालिका वडा नं. २ निवासी गणेशप्रसाद सिलवाललाई नियुक्त गरिएको छ ।
चितवन उद्योग संघका अध्यक्ष एवं नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य भेषराज दुवाडीले नवनियुक्त कार्यकारी निर्देशकलाई नियुक्त पत्र प्रदान गरी आजका मितिदेखि कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो ।
कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष एवं सचिवालय प्रमुख राजु पौडेल, चितवन उद्योग संघका विभिन्न विभागमा रही काम गर्नुभएका कर्मचारीहरुको उपस्थिति रहेको थियो । नवनियुक्त कार्यकारी निर्देशक सिलवालले संघको मर्म र भावना अनुसार आफूले पाएको जिम्मेवारीलाई महत्वका साथ निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन
तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय












