तनहुँ । फागुन २१
नेकपा एमाले तनहुँको आयोजनामा बुधबार सुखानी हत्याकाण्डका सहिदहरुको ५२ औं स्मृति दिवस कार्यक्रम मनाईएको छ । उक्त अवसरमा एमालेले वडा केन्द्रित पार्टी निर्माणको अभियानको सन्दर्भमा जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम समेत गरिएको थियो ।
उक्त कार्यक्रमलाई नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा गन्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारी, एमाले पोलिट्व्युरो सदस्य तथा गन्डकी प्रदेशका पार्टी स्कुल विभागका संयोजक टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज केदार सिग्देल, केन्द्रीय सल्लाहाकारद्वय एकबहादुर राना र प्रतापलाल श्रेष्ठ, प्रदेश कमिटि सदस्य तथा घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा लगायतले मन्तव्य राखेका थिए । जिल्ला कमिटि अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन जिल्ला सचिव प्रदिपराज अधिकारीले र स्वागत उपाध्यक्ष राजेश्वर ढकालले गरेका थिए ।
उक्त कार्यक्रममा एमालेले गत माघ तेश्रो साताबाट सन्चालन गरेको वडा केन्द्रित पार्टी निर्माण अभियानको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा स्थानीय तह कमिटिका अध्यक्षहरुले वडा केन्द्रित अभियानको क्रममा हालसम्म भएका कार्यक्रमको बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए ।
५२ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले देशभर परिचित छ । कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याउने झापा विद्रोहसंगै ढलेका तिनै शहीदहरुलाई सरकारले ७२ फागुन १८ गते राष्ट्रिय शहीदका रूपमा घोषणा समेत गरेको थियो ।
झापा आन्दोलनका क्रममा तत्कालिन भूमिगत कम्युनिष्ट पार्टीका तत्कालीन मेची–कोशी को–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको अर्डिनेसन कमिटी, झापाले वर्गशत्रु खतम अभियान र तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २१ फागुन २०२९ मा सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।
नेत्र घिमिरे, कृष्ण कुईकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानावारीस्थित सुखानीमा फागुन २१ मा हत्या गरिएको थियो । घिमिरे, कुईकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए । घटनास्थललाई सहिद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ । सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ । यो वर्ष यीनै पाँच शहीदको अद्र्ध कदको शालिक सुखानीमा स्थापना गरिएको छ ।