बेलचौतारामा तीन जनाको हत्यामा संलग्न नेपालीलाई कतव्र्य ज्यान सम्बन्धी मुद्धा दर्ता

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १५

गत पुस २६ गते बिहान शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ स्थित सेती नदी किनार नजिक डम्पिङ साईड क्षेत्रमा तीन जनाको हत्या भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका शुक्लागण्डकी नपा–५ का ४६ वर्षिय कुमार नेपाली विरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा कतव्र्य ज्यान सम्बन्धी मुद्धा दर्ता गरेको छ ।

प्रहरीले बुधबार आरोपित नेपाली विरुद्ध जिल्ला अदालतमा कतव्र्य ज्यान सम्बन्धी मुद्धा दर्ता गरि तनहुँ जिल्ला अदालतबाट सात दिनको हिरासत म्याद थप भई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट मार्फत थप अनुसन्धान भइरहेको जनाएको छ । नेपालीको विरुद्ध पिडितका आफन्तले कर्तब्य ज्यान मुद्धामा संयुक्त पुरक किटानी जाहेरी दरखास्त दिएका थिए । घटनाको अनुसन्धानका क्रममा प्राप्त प्रमाण, प्रदेश अस्पताल दमौली तनहुँको पोष्टमार्टम रिपोर्ट, केन्द्रिय विधिविज्ञान प्रयोगशालाको रिपोर्ट, प्रारम्भिक अनुसन्धान लगायतका आधारमा कास्की जिल्ला स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बसोबास गर्ने नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो ।

शुक्लागण्डकी नगरपालिकाको फोहोर प्रशोधन केन्द्रबाट करिब २०० मिटर दक्षिण–पूर्व बगर क्षेत्रमा रहेको अस्थायी छाप्रोभित्र अन्दाजी ५५ वर्षको नाम, थर र वतन नखुलेको एक पुरुष व्यक्तिको धारिलो हतियार प्रयोग गरि मृत अवस्थामा शव तथा सोही छाप्रो बाहिर अन्दाजी ३९ वर्षका नारायण बिकको धारिलो हतियार प्रयोग गरि मृत अवस्थामा शव फेला परेको थियो । सोही दिन दिउँसो घटनास्थलबाट करिब १.५ कि.मि. दक्षिण–पूर्वतर्फ कसेरीघाट नजिक अन्दाजी ५८ वर्षकी देउमाया थापाको धारिलो हतियार प्रयोग गरि मृत अवस्थामा शव फेला परेको थियो ।

सो घटना सम्बन्धमा तालिम प्राय कुकुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका विज्ञ सहितको टोली बाट गहन अनुसन्धान गरिएको थियो । घटनास्थल तथा लाश जाँच प्रकृया पूरा गरी मृतकहरुको प्रदेश अस्पताल दमौलीमा पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक देउमाया थापा र नारायण विकको शव आफन्तको जिम्मा लगाइएको छ भने नाम, थर र वतन नखुलेको पुरुष व्यक्तिको शवको सनाखतका लागि हुलिया परिपत्र गरी शव गृहमा सुरक्षित राखिएको छ । उक्त घटनाको थप अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी तथा सुचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू