‘मेरो घर, मेरो सबैथोक तनहुँ क्षेत्र नम्बर १’- विद्यानाथ ढकाल

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १५

नेपाली कम्युनिष्ट पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार विद्यानाथ ढकालले तनहुँ क्षेत्र नम्बर १ नै आफ्नो सबैथोक भएको बताएका छन् । ‘यही क्षेत्रमै जन्में, यही हुर्कें, अहिलेसम्म जे गरेको छु, यसै क्षेत्रमा गरेको छु’ ढकालले भने ‘अव पनि बाँचुन्जेल यसै क्षेत्रमा काम गरिरहन्छु ।’ आफुलाई तनहुँ क्षेत्र नम्बर १ मा वर्षमा कतिपटक आएँ भनेर स्पष्टिकरण दिनुपर्ने हिनताबोध र बाध्यता नभएको ढकालले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँ क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटिले विहिबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ढकालले आफ्नो ६५ वर्षको उमेर तनहुँ क्षेत्र नम्बर १ मै बितेको बताए । ‘यहाँको भुगोल, यहाँको इतिहाँस, यहाँको सामाजिक रहनसन, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, खानेपानी लगायतको सबै विषयसँग म गहिरोसँग जानकार छु’ ढकालले भने ‘क्षेत्र नम्बर १ मा साँच्चै जनताको मन जित्नेगरि, जनताको भावनाको कदर हुने गरि काम गर्नेछु ।’

जसले यहाँको भुगोल बुझेको हुन्छ, त्यसले मात्रै काम गर्ने ढकालको भनाई थियो । तनहुँ क्षेत्र नम्बर १ मा जनताको मन जित्नेगरि, जनताको भावनाहरुको कदर हुने गरि काम गर्ने भन्दै ढकालले देशभक्तीको भावनाका साथ अगाडी बढेको बताए । तनहुँ जिल्ला भित्र आफुले विगतदेखी नै भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै आएको भन्दै उनले आफ्नो परिचय जिल्लामा भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा पनि भएको बताए ।

देशको स्वाधिनता र अखण्डताको अहिले खतरामा परेको हुँदा पुनः एकपटक स्वाधिनता र अखण्डताको रक्षाकोलागि लड्नुपर्ने अवस्था आउन सक्ने भन्दै ढकालले नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वले मात्रै देशको स्वाभिमान र अखण्डताको रक्षा गर्ने बताए । भ्रष्टाचार र विसंगतीको अन्त्यसँगै देशभित्रै रोजगारीको सिर्जना हुनुपर्ने र कोही पनि रोगजारीकोलागि बिदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै उनले त्यो विषय आफ्नो मुख्य एजेण्डा भउको बताए ।

निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटिका संयोजक ओमकुमारी पौडेलको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरु हरिबहादुर चुमान, शिवलाल थापा, कलिला खान लगायतको उपस्थिती रहेको थियो ।

यसैविच ढकाललाई बिजयी गराउन आबुँखैरेनीमा १००१ सदस्यिय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । विहिबार आबुँखैरेनीमा भएको नेपाली कम्युनिष्ट पार्टीको भेलाले मिना अधिकारीको संयोजकत्वमा उक्त निर्वाचन परिचालन कमिटि गठन गरेको हो । साथै भेलाले हिमाल थापाको नेतृत्वमा २५१ सदस्यीय युवा/नवयुवा/जेनजी/वाईसिएल परिचालन समिती र द्वारिका श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय बुद्दिजिवी परिचालन समित गठन गरिएको छ । खगराज गौलीको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता