विभिन्न मुद्धाका फरार प्रतिबादीहरु पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १४

बिभिन्न मुद्धामा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भई हालसम्म फरार रहेका दुई जना प्रतिबादीहरुलाई तनहुँ प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बहुविवाह मुद्धामा दोषी ठहर भई फरार रहेका म्याग्दे गाउँपालिका–३ पसले गंगटे बस्ने ५१ बर्षीय बुद्धि बहादुर नेपाली र सवारी ज्यान मुद्धामा दोषी ठहर भई फरार रहेका म्याग्दे गाउँपालिका–४ घुम्ती बस्ने ५६ बर्षीय गोवर्धन राना मगर रहेका छन् ।

नेपालीलाई २०५६ मंसिर ८ गते तनहुँ जिल्ला अदालतले बहुविवहा मुद्धामा दोषी ठहर गरेको थियो । उनी सजाय स्वरुप तोकिएको १८ दिन कैद भुक्तान नगरी फरार रहेका थिए । त्यस्तै मगर सवारी ज्यान मुद्धामा २०६४ पुस ११ गतेको फैसलाले दोषी ठहर भएका थिए । उनी सजाय स्वरुप तोकिएको ५ दिन कैद भुक्तान नगरी हालसम्म फरार रहेका थिए ।

पक्राउ परेका उनीहरु दुबैलाई कैद सजाय भुक्तानकोलागि अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय