ग्रामीण सामुदायिक शिक्षा खोइ त माया ?

Devghat Online

शेयर गरौ

               राजु गिरी

संसारका प्रत्येक बालबालिका जन्मजात रूपमै निर्दोष, जिज्ञासु, सत्यवक्ता, न्याय चाहने, भगवान रूपी र सही कार्यव्यवहार गर्नका लागि इच्छुक हुन्छन् । तर विभिन्न परिवेशमा रहेर हुर्कदै गर्दा उनीहरु यी आधारभूत गुणहरुबाट बिस्तारै टाडिदै जान्छन् । कारण के हुन सक्छ ।
संसार बदल्ने शक्ति मायामा हुन्छ रे हुन त !

नेपालका अधिकांश ग्रामीण सामुदायिक विद्यालयभित्र र बाहिरको वातावरण बालकेन्द्रित छँदै छैन । न त समाज, न त अभिभावक, न त शिक्षकले नै बाल मनोविज्ञानलाई आत्मसात गरेको पाइन्छ। अलि गम्भीर भएर हेर्दा ग्रामीण भेगका नेपाली बालबालिकाहरु आफ्नै नजिकका अग्रजहरुबाट हेपिएका चेपिएका पेलिएका र मनोवैज्ञानिक रुपले oppressed देखिन्छन् । आर्थिक रुपले थलो परेका अभिभावक न्यूनचेतना स्तर लट्ठी लगाउनुपर्छ भन्ने शैक्षणिक विरासत न्यून उत्पादकत्व भएको समय आदि बाल शिक्षाका बैरी नै हुन् ।

उठ्ने बित्तिकै भैंसीको भकारो सोहोर्न जान्छन् अभिभावक, बच्चा खाटबाट खसेको पत्तो नै हुँदैन । बाख्राको पाठालाई काखमा च्याप्दै मुसार्छन् अभिभावक, आफ्नो बच्चा पीडितबाट खसेको पत्तो पाउँदैनन् । यसो भन्दा निर्वाहमुखी कृषिलाई आलोचना गरेको भने पटक्कै होइन । तर मानवतावाद खोइ त ? खोइ त सन्तानको माया ? खोइ त बालमैत्री व्यवहार ? यति मात्र कहाँ हो र फोहोर छ बाहिरी वातावरण चौताराका जुवा तास, भट्टीका जडिया विश्लेषणात्मक गफ, सन्तानलाई बेलुका गरिने गालीगलोच, अप शब्दावलीका प्रहार पारिवारिक हिंसा जस्ता चिजहरूले बालबालिकाको निर्दोष मानसपटलमा नकारात्मक प्रभाव अवश्य पारिरहेको छ ।

घरको वातावरणले मलिनो र अँध्यारो अनुहार सहित विद्यालय पुग्ने ती बालबालिकाहरूको माया स्नेहको तृष्णा शिक्षकले तृप्त गराउनैपर्छ । किनकि मनोवैज्ञानिक रुपले उनीहरूको उत्साह गुमिसकेको हुन्छ । विद्यालयमा हप्की दम्की, लठ्ठी चार्ज र थप्पड पाएमा त झन् दुखेको चित्त विक्षिप्त हुन्छ निर्दोष सिकारु को । अनि चाहिँदैन त बाल मनोसामाजिक परामर्श कक्ष विद्यालयमा ?

भनिन्छ– If you are not updated you are outdated.  अति पुरानो शैलीले शिक्षण गर्ने गुरुबा गुरुआमाहरु अझै सकारात्मक पुनर्बल आत्मसाथ गर्न सक्नुभएको छैन। बालमैत्री वातावरणको खिल्ली उडाउन हुन्छ । के हाम्रा ग्रामीण विद्यालयहरू पूर्ण रुपमा बालमैत्री छन् त ? दबिएका अति विपन्न, टुहुरा, अल्पसंख्यक समाजका बालबालिकाहरुलाई अझ बढी स्नेहको खाँचो होला नि त । खोई खै त माया ? कहाँ छ ? समाजमा ? आफन्तका ? घरमा ? विद्यालयमा ? विकृत राजनीतिमा ? कहीं छैन भएपनि हुनुपर्ने जति पक्कै छैन तर मनोविज्ञान भन्छ–बालबालिकाको इच्छा, चाहना, आत्मसन्तुष्टि र स्वतन्त्रताको पूर्ति गर्नु नै शिक्षा हो ।

निशुल्क दिन मिल्ने मायाको यति कन्जुस्याई किन हो त नि ? अति महत्वपूर्ण प्रसङ्ग मानवता नै लुटियो भने केका लागि शिक्षा ? निराश मनस्थितिले कस्तो संवेग विकास गर्ला त ? विक्षिप्त मनस्थिति बोकेका बालबालिका कसरी भविष्यको सभ्य समाज निर्माता बन्न सक्लान् त ? स्वतन्त्रता लुटिएको अवस्थामा प्रजातान्त्रिक, निर्भयपूर्ण, सहभागितामूलक वातावरणमा शिक्षा प्राप्त गर्नुपर्छ भन्ने अवधारणाबाट आएको हो बालकेन्द्रित शिक्षा । आफ्नो आवश्यकताको लागि पनि सञ्चार गर्न सक्दैनन् डराउदा । भयपूर्ण मनस्थिति भएमा अतिरिक्त क्रियाकलापमा भाग लिन डराउँछन् वा लाज मान्छन् बालबालिका मासको अगाडि बोल्न डराउँछन ्। त्यसैले चिन्तित बालबालिकाबाट भविष्यको नेतृत्व खोज्न सकिँदैन र बालमैत्री वातावरण अपरिहार्य छ ।

शिक्षित र सभ्य समाजमा दिइने शिक्षाको पद्धति र ग्रामीण समाजका सामुदायिक विद्यालयमा प्रदान भइरहेको शिक्षण पद्धतिलाई छुट्याएर मात्र नेपालको शिक्षा प्रणालीको विश्लेषण सही हुन सक्छ । त्यसैले होला Paulo Freire n] Pedagogy of Oppressed लेखेका । विकसित परिस्थितिका बालबालिका र ग्रामीण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बीचको ज्ञानको या सिकाइको खाडल बढीरहेको छ । निजी तथा विकसित ठाउँका सिकारुहरूले नविनतम सोचमा आधारित व्यावहारिक र प्राविधिक शिक्षा केही हदसम्म प्राप्त गरिरहेका छन् । तर दुःखद छ ग्रामीण सामुदायिक बालबालिकाको हालत । त्यसैले सरोकारवालाहरू सधैं सचेत सजग चलाख र अध्ययनशील हुन नितान्त आवश्यक छ ।

विकसित स्थानहरू र अल्पविकसित ग्रामीण भेगका सिकारुहरूको सिकाइ भिन्नतामा कमी ल्याउन ग्रामीण क्षेत्रमा अझ महत्त्वको साथ बालमैत्री शिक्षण पद्धति, समतामा आधारित शिक्षण प्रणाली, सकारात्मक पुनर्बलमा आधारित शिक्षण शैली, प्रोत्साहनमा आधारित शैक्षिक व्यवहारहरूको द्रुत गतिमा विकास र अवलम्बन गर्नु अपरिहार्य हुन्छ । अझ भुल्न हुँदैन त्यो शब्द माया’। हेरौं त तलका भनाइहरुः

Love is the greatest force in the universe it is the heartbeat of moral cosmos. – Dr.Martin Lurther King Jr.
A love relation can contribute to personal growth and maturity. It can help students learn about communication,empathy, compromise and problem solving skills. Anonymous

अतः स्थानीय स्तरमा विद्यालयभित्र र बाहिर हुने नविनतम प्रयासहरुलाई मलजल गर्नुपर्छ । गतिशील विचारहरूलाई यथास्थितिवादको चपेटामा पर्न दिनु हुँदैन। शिक्षकले अधिकतम रुपले पेशागत विकासमा जोड दिनुपर्छ । बालबालिकाहरुलाई आफ्नै छोराछोरी सरह स्नेह र करुणाका साथ शिक्षण गर्नुपर्छ अनि मात्र अपेक्षित नतिजा प्राप्त हुन सक्छ ।

लेखक पार्वती मावि देवघाट १, तनहुँका प्रधानाध्यापक हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भानु जयन्तीको अवसरमा चुँदी रम्घामा विशेष कार्यक्रम, भानु जन्मस्थलको विकासकोलागि पहल गर्ने सांसद न्यौपानेको प्रतिबद्धता

दमौली, असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा शनिबार देश तथा

आज भानु जयन्ती मनाईदै

दमौली, असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका

देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु, सुभसाईत पारी रुद्राभिषेक र अग्निस्थापना

देवघाट, असार २७ देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु भएको छ । वडा नम्बर